एजेन्सी । पश्चिमी अफ्रिकाको एक आदिवासी समुदायकामा एउटा अनौठो संस्कार रहेको छ । बोदाब्बे नामक आदिवासी समुदायमा प्रचलित उक्त संस्कारअनुसार पुरुषहरु एक अर्काका श्रीमतीहरुलाई चोरेर बिहे गर्दछन् । यसरी अर्काकी श्रीमती चोरेर बिहे गर्नु त्यो आदिवासी समुदायको पहिचान नै हो ।
संस्कारअनुसार, त्यो समुदायमा पुरुषहरुको पहिलो विवाह भने घरपरिवार सँगको राजीखुसी मै हुने गर्छ । त्यहाँ दोस्रो विहे गर्न पनि पाइन्छ तर त्यसका लागि पुरुषहरुले कुनै अरु पुरुषकी श्रीमतीलाई भगाउनु पर्छ ।
यसरी अर्काकी श्रीमती चोर्नका लागि हरेक वर्ष त्यहाँ एउटा मेला नै लाग्छ । जसलाई गेरेबोल महोत्सव भनिन्छ । त्यो महोत्सवका समयमा पुरुषहरु अनुहारमा रंग दलेर पुग्छन् र विवाहित महिलाहरुलाई अनेक प्रयत्न गरेर फकाउने कोसिस गर्दछन् ।
यसो गरिरहेको समयमा पुरुषहरु यो कुरा पक्का गर्न चाहन्छन् की अर्काकी श्रीमतीलाई फकाइरहेको बेलामा ती महिलाको लोग्नेले देख्न नपाओस् । अझ त्यसको सुइँको समेत नपाओस् । जब विवाहित महिला फकाउने पुरुषसँग बिहे गर्न राजी हुन्छिन् तब पुरुष ती महिलालाई लिएर फरार हुन्छन् । अनि उनीहरु भागिसकेपछि समुदायले नै खुसीयालीसाथ ती दुई जनाको बिहे गराइदिन्छ ।