चितवन। स्मार्ट सिटिको अवधारणामा बनाएको भरतपुर महानगरपालिकाले वार्ड नं. ८ को बिकासका लागि वजेट स्विकृत गरेको छ ।
महानगरपालिकाको वडा नं. ८ अन्तर्गत जय नेपाल चोक देखी पाण्डे घुम्ती सम्म करिब १ हजार नौ सय मिटर लम्बाई र सात मिटर चौडाईको पिच बाटो निर्माणका लागि करिव २ करोड रुपैयाँ, जलपनेपालदेखी दक्षिणतर्फ करिव १ हजार नौ सय मिटर लम्बाई र चार मिटर चौडाईको पिचबाटो निर्माणका लागि करिव २ करोड रुपैयाँ र बडा नम्बर ८ को कार्यालय भवनको दोस्रो तल्ला निर्माणका लागि चालिस लाख रुपैयाँ बजेट स्विकृत भएको वडाध्यक्ष दामोदर न्यौपानेले बताउनुभयो । वडा अध्यक्ष न्यौपानेको उपस्थितिमा महानगर प्रमुख रेनु दाहालले करिव चार करोड ४० लाख रुपैयाँ बजेट स्विकृत गर्नुभएको हो ।
महानगरपालिकाले बजेट स्विकृत गरेसंगै आजै देखि टेण्डर प्रकृया अघि बढाईएको पनि न्यौपानेले जानकारी दिनुभयो । महानगरभित्रका वडाहरुमा दुई बर्ष सम्म उत्कृष्ट वडाको रुपमा पुरस्कृत भएको वडा नम्बर ८ बिकास निर्माणमा अग्रणी स्थानमा रहँदै आएको छ ।