चितवन । चितवन एक युवक नौसय ग्राम गांँजासहित पक्राउ परेका छन । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर १ बस्ने शिखर प्रजा रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार ,राप्ती नगरपालिका वडा नम्बर १ स्थित दुबीचौरमा डेरा लिई बस्ने प्रजाले आफनो कोठामा गाँजा संचय गरी राखी बिक्री बितरण गरेको सुचना प्राप्त भएपछि शनिबार दिउसो सांँढे २ बजे गांँजा सहित उनी पक्राउ परेका थिए । प्रजालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
गांँजासहित एक युवक पक्राउ
गांँजासहित एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु