चितवन। कोरोना भाइरस रोकथामका लागि स्वास्थ सामाग्री जेसिजद्धारा हस्तान्तरण गरिएको छ । मानविय सेवामा नेतृत्वदायी सस्था १२ वटा जेसीजहरुले एक कार्यक्रम बिच शनिबार जनपद प्रहरीका लागि मास्क, सेनिटाइजर, फेस शिल्ड लगाएत स्वास्थ सामाग्री जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी ओम प्रसाद अधिकारीलाई हस्तान्तरण गरिएको हो ।
नेपाल जेसिजका र्राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम प्रसाद अधिकारीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । खनालले उक्त स्वास्थ्य सामाग्री प्रदान गर्दै जेसिजले मानवता रक्षाको लागि अबिराम कृयाशिल नेपाल प्रहरीलाई महामारीसङको लडाइमा नेपाल जेसिज लगाएत मातहतका शाखाहरुले सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।
नारायणगढ जेसीजका अध्यक्ष बासुदेव दवाडीले संयोजन गरेको कार्यक्रममा गितानगर जेसिजका अध्यक्ष अर्जुन पौडेल, बीसहजार जेसीजका अध्यक्ष सुबास पन्डित, रत्ननगर जेसीजका अध्यक्ष हेमराज आचार्य, शारदानगर जेसीजका अध्यक्ष इन्द्रलाल श्रेष्ठ, सौराहा जेसीजका अध्यक्ष बिष्णु थापा, कालिका जेसीजका अध्यक्ष संदेश रेग्मी र माडी जेसीजका महासचिव शोभाखर अधिकारी लगाएतको उपस्थिति रहेको थियो । त्यस्तै सो सामाग्रीको लागि नारायणगढ लेडी जेसीज, पर्सा खैरहनी जेसीज, सौराहा लेडी जेसीज ,राप्ति जेसीजको पनि सहयोग रहेको थियो ।
नेपाल जेसिजका अध्यक्ष सल्लाहकार अर्जुन अधिकारी तथा नारायणगढ जेसिजका सह सचिव बिनोद पन्तको उपस्थितिमा उक्त स्वास्थ सामाग्री प्रहरीलाई हस्तान्तरण गरिएको हो ।