चितवन । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले सोमबार निषेधाज्ञा उल्लंघन गर्ने १२२ जनालाई होल्ड कारबाही गरेको छ ।
निषेधाज्ञा उल्लंघन गर्नेमा ९३ पुरुष र २९ जना महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार सोमबार दिनभरमा १७३ मोटरसाइकल तथा स्कुटर र २२ अन्य सवारी साधन गरी १९५ सवारी साधन तथा निषेधाज्ञा उल्लंघन गरी पसल सञ्चालन गर्ने ६ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।
जसबाट ८३ हजार ३०० रुपैयाँ जरिवानास्वरुप राजस्व संकलन भएको उनले जानकारी दिए ।