काठमाडाैं। गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन भएको छ । छातीमा समस्या भएपछि काठमाडौं न्युरो अस्पतालमा भर्ना गरिएका प्रधानको उपचारका क्रममा बिहीवार दिउसो निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।
बिहीवार नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो । गायक प्रधानका ‘घुम्तीमा नआउ है ..’, ‘तिमीलाई अचेल कहाँ देखु…’ लगायतका गीत चर्चित छन् ।