चितवन। चितवनको राप्ती नगरपालिकाको कार्यालयले एक साताका लागै अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले एक सूचना जारी गर्दै एकसाताका लागि बन्द गरिएको जानकारी गराएका हुन् । आजदेखि २९ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको जारी सूचनामा उल्लेख छ । कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गराउदा केहीको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ ।