एजेन्सी। बेलायतमा एकजना यस्ता अनौठो ब्यक्ति थिए जसको टाउकोमा दुईतिर नै अनुहार थियो । एकतिरको अनुहारमा भएका अंगले सबै काम राम्रोसंग गर्न सक्थ्यो भने अर्कोतिरको अनुहारले मुस्कुराउन मात्र सक्थ्यो ।
ती व्यक्ति बेलायती नागरिक एडवर्ड मोर्दकै हुन् । जसको टाउकोको मुहार एउटा सुत्दा अर्को उठ्ने गर्दथ्यो । उनको जन्मजात नै दुई अनुहार लिएर जन्मिएका थिए । मोर्दकैको पछिल्लो अनुहारले हाँस्ने मात्र गर्छ अरु कुनै प्रतिक्रिया दिने गर्दैनथ्यो ।
मोर्दकै को दुई अनुहार देखेर मानिसहरु उनी देखि डराउँथे । कतिपयले त उनलाई राक्षस समेत भने । शल्यकृया मार्फत उनलाई चिकित्सकले टाउको छुट्याउने सल्लाह पनि नदिएका भने होइनन् । तर उनले त्यसो गरेनन् ।
उनलाई डाक्टरहरुले दिएको सुझाव अनुसार अपरेसन गर्ने चुनौती मोल्न चाहेनन् । अनुहारको कारण उनी निकै चिन्तित थिए । जसका कारण २३ वर्षको उमेरमा नै उनले देह त्याग गरे । उनको निधन अल्पआयुमै भएपनि उनलाई देखेकाहरुले भने अझै पनि उनको स्मरण गरिरहन्छन् ।