चितवन । चितवनको भरतपुर ५ कल्याणपुरमा रहेको नेपाल वेलहोप एग्रीटेक प्रा.लि (विजय प्लेट)ले दानाको तौलमा ठगी गरेको पाइएको छ । सो दानामा चिसोपनाको मात्रा आवश्कता भन्दा बढि र गुणस्तरमा समेत किसान ठगेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा क्षतिपूर्ती सहित कार्वाही गर्न सिफारिस गरेको पत्र समेत प्राप्त भएको छ । दानाको बोरामा ४ देखि ५ केजीसम्म कम तौल भएको ३० बोरा दाना फेला परेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष नरिनारायण पौडेलले चलानी नम्बर ३०३२ मार्फत जिल्ला प्रशासन कार्यालय चितवनमा आवश्यक कार्वाही गर्न पत्र नै काटेका छन् । पत्रमा भनिएको छ – ‘विजय प्लेट दानाको बोरा प्याकेट स्थानियहरु, सुरक्षा निकाय तथा वडा कार्यालयको रोहबरमा तौल गर्दा उल्लेख भए भन्दा कम परिमाण पाईएकोले आवश्यक प्रक्रिया अगाडी बढाउन सिफारिस गरिएको छ ।’
भरतपुर २३ कै किसान मनोजकुमार बोहराले विगत २ बर्षेदेखि विजय प्लेट दाना खरिद गरि प्रयोग गर्दै आएको शंका लागेर तौल चेकजाँच गर्दा ३० बटा बोरामा तौल ५० केजी हुनुपर्नेमा ४६. ६८ केजी पाईएको थियो ।
‘कर्मचारीले दाना दिने काम गर्थे त्यति थाहा हुने कुरा भएन्, पछिल्लो समयमा खासै राम्रो प्रगती नभएपछि दाना राम्रो भएन भन्ने लाग्थ्यो,’ ‘पहिले पहिले ठगिएकै थिएँ।’
‘यसपटक मैले घरमा नै डिजिटल काँटा ल्याएर राखे। बेला बेलामा कुखुरा जोखेर औसत तौल कति छ भनेर हेर्थे । कुखुरा दानाको तौल हेर्न मन लाग्यो । तौलमा पनि शंक लाग्यो । तर तौल त कम रहेछ । अनि पो पत्तो पाए । त्यसपछि वडा कार्यालयमा जानकारी गराए मुचुल्का उठाए । कम्पनीमा जानकारी पनि गराए । त्यहाँबाट प्रतिनिधि आए हेरे, तौल फरक भेटे । तर कम्पनी जादा नराम्रो व्यवहार गरे । मलाई तनाव दिने काम पनि गरे उनले अगाडी दुखेसो पोखे ।’ यस विषयमा दाना कम्पनीका कर्मचारी टेकनाथ पाण्डसँग बुझदाँ आफुले केहि बोल्न नमिल्ने गैर जिम्मेवार प्रतिक्रिया दिए ।
कुखुरापालक किसानको सबैभन्दा बढी लगानी हुने ठाँउ दाना हो । हालको मुल्य अनुसार १ हजार कुखुरा पाल्दा दुई लाख ५० हजार भन्दा बढी खर्च दानामा नै हुने गरेको छ । दाना कै कारण व्यवसायीको घाटा /नाफाको समेत र्निधारण हुने गर्दछ ।