नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै नयाँ सरकार बन्ने संभावना कम रहेको बताएका छन।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रचण्डले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संभावना नदेखिएको बताए। सरकार कहिले बन्छ भन्ने प्रश्नमा प्रचण्डले अहिले आफुले चाहेर मात्रै सरकार बन्न नसक्ने बताए ।
अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लेउ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीमा षडयन्त्र रहेको टिप्पणी गरेका छन। माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई समर्थन नदिएकोले फिर्ता पनि लिनु नपर्ने प्रचण्डको तर्क छ ।
अध्यक्ष प्रचण्डसंगको कुराकानीको भिडियो हेर्नुहोस ।