काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई पार्टीबाट निलम्बित गरेको छ । माओवादी केन्द्रबाट अन्य दलमा प्रवेश गरेको सूचना जारी गर्दै अर्घाखाँचीका खड्काले दल त्याग गरेको माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ ।
खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका छन् । माओवादी त्याग गरी खड्का एमाले प्रवेश गरेका खड्का केन्द्रीय सदस्यमा मनोनित भइसकेका छन् ।