राम र सीताको मूर्ति स्थापनासँगै रथ यात्राले चर्चा पाएको छ । यसै सिलसिलामा भारतीय स्वतन्त्रताका योद्धा भगत सिंहलाई सम्झन मन लाग्छ जसको क्रान्तिप्रतिको भावना सुन्दा पनि रगत उम्लिएर आउँछ । १९३१, २७ सितम्बर लाहाैरको अखबार ‘द पिपल’ मा एउटा लेख प्रकाशित गरेका थिए । उसमा उनले ईश्वरको अस्तित्वमाथि अनेक तर्कपूर्ण सवालहरु खडा गरेका थिए। संसारको निर्माण मानिसको जन्म मानिसको मनमा ईश्वरको कल्पनाको साथ साथ दुःख, शोषण, व्याप्त अराजकता अनि वर्गभेद स्थितिको विश्लेषण गरेका थिए । “रणधीर सिंह ” १९३०-३१ बिचमा लाहौर सेन्टल जेलमा थिए । भगत सिंहलाई ‘ईश्वर’ माथि विश्वास छैन भन्ने जानेर उनलाई कष्ट भयो र भगत सिंह कहाँ पुगेर ‘ईश्वर’ को अस्तित्वको यकिन दिलाउने प्रयास गरे । असफल भएपछि उनि दुखी हुँदै भने “प्रसिद्धिबाट तेरो दिमाग खराब भएको छ, तिमी अहंकारी भएका छौ । तिमी र ईश्वरबिच कालो पर्दा खडा छ, यसै टिप्पणीको जवाफमा भगत सिंहले लेखेर एउटा नयाँ प्रश्न खडा गरेका छन्, कुनै अहंकारका कारणले सर्वशक्तिमान, सर्वव्यापी तथा सर्वज्ञानी ईश्वरको अस्तित्वमाथि विश्वास नगरेको हुँ ? म एउटा मानिस हुँ त्यहाँ भन्दा बढी हुनेको दावा गर्ने सक्दिन, कमजोरी मभित्र पनि छन् । अहंकार मेरो स्वभावको अंग हो ।
मलाई एउटा साथीले प्रार्थना गर्नका लागि जोड गर्यो, जब म नास्तिक भएको कुरा बताएँ, तिमी तिम्रो अन्तिम समयतिर विश्वास गर्न थाल्दछौ, अनि मैले भने हैन प्रिय साथी, यस्तो हुँदैन, यो म आफूले आफुलाई अपमानित तथा भ्रष्ट भएको सम्झन्छु,” त्यसैले स्वार्थको कारणले म प्रार्थना गर्दिन ।” आजादि नै मेरो धर्म भयो, आजादि नै मेरो ईश्वर भयो, आजादि नै मेरो प्रार्थना रहयो । जनताका अधिकारका लागि लड्छाैँ भन्नेका कम्निष्टहरु अन्तिम अवस्थामा धर्मको सहारा लिन थालेका छन् । जनयुद्धको नाउँमा वेद पुराण जलाउने संस्कृत पाठशाला भत्काउनेहरु आफू कमजोर हुन थालेपछि धर्मको नाउँको “जय श्री राम” लेखेको च्यादर कसले ठूलो ओढ्ने प्रतिस्पर्धा चलेको छ । गरिबी, असमनता, शोषण, वर्गभेद हटाए साँचो धर्म त्यहि हुन्छ ।
स्वामी विवेकानन्दले भनेका छन्- मानिसमा परिवर्तन गराउनु नै “हिन्दू धर्मको” मूल ध्येय हो।” आर के नारायणद्वारा लिखित “गाइड” नोवेलमा गाइड गर्ने राजु भन्ने एउटा पात्र हुन्छ । ऊ एकदिन शहरबाट भागेर एउटा पुरानो जीर्ण मन्दिर पेटमा सुतेको हुन्छ, हावाले कतैबाट उडाएर ल्याएको “ॐ नम शिवाय ” लेखेको च्यादर आएर पुरै शरिर ढाकिदिन्छ, गाउँभरी हल्ला चल्छ अनि ठूलो परमात्मा आएका छन् भनेर परमात्मा घोषणा गरिदिन्छन् । आफ्ना सब कुरा समाप्त गरेपछि राम र सीताको नाउँमा राजु गाइडलाई जस्तै आस्थामा विश्वास राख्ने नेपाली जनताले हिन्दु धर्मको रक्षक बनाउँछन् कि भनि-
जनतालाई नै दिग्भ्रमित पार्दैछन् । हबिब तनवीरको कालाजित कृर्ति, हिन्दी नाटक छ “चरनदास चोर”, चरनदास भन्ने एउटा सामान्य चोर हुन्छ, उसले चार कुरा कैले गर्दिन भनेर घोषणा गरेको हुन्छ, उसको घोषणा राजाको कानसम्म पुग्छ र उसलाई राजाले चारवटै कुराको अफर दिन्छन । उसले राजाको अफरलाई स्वीकार गर्दैन, राजाको स्वभिमान माथि धक्का लाक्छ अनि उसलाई फाँसीको सजाय सुनाइन्छ, ऊ फाँसी चढ्न तयार हुन्छ ।
चरनदास सामान्य एउटा चोर हुन्छ तर आफ्नो घोषणामा ऊ अडिग रहेर फाँसी चड्न तयार हुन्छ तर आज हाम्रो शासनमा बसेका नेताहरुमा सामान्य चोर “चरनदास” जतिको पनि इमान रहेन । पन्चायतकालिन शक्तिशाली व्यक्ति तुलसी गिरीले म मरेपछि हिन्दु संस्कार अनुसार काजक्रिया नगर्नु भने किनकि “म हिन्दू धर्म त्यागेर क्रिस्चियन भैसकेको छु” आज इमान धर्म गुमाइसकेका बेइमान नेताहरु “ॐ नम शिवाय” लेखेको च्यादर ओडेर मन्दिरको पुजारी भएर मन्दिरको खजाना लुट्ने दाउमा छन् ।
“ॐ असतोमा सद्गमय
तमसोमा ज्योतिर्गमय
मृत्योमातृतंगमय”