काठमाडौं । गायक शिव परियारले आफ्नो चर्चित गीत ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ को अर्काे शृंखलास्वरूप ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ…’ बोलको गीत ल्याउने तयारी गरेका छन् ।
दसैैको अवसरमा केही दिनमै सार्वजनिक गर्ने लक्ष्य लिइएको सो गीतको भिडियो सोमबार छायांकन सम्पन्न गरिएको छ । कविराज गहतराजले निर्देशन गरेको भिडियोमा अभिनेता पुष्प खड्काका साथमा टिकटकमा परिचित अञ्जली लुइँटेल र आलिया अधिकारीलाई प्रस्तुत गरिएको गायक परियारले बताए । न्युज कारखाना