काठमाडौं । नेकपा (एमाले) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणको पक्षमा दृढताका साथ लाग्नुपर्ने बताएकी छिन् । उनले आज नेपाल कम्युष्निट पार्टीको ७२औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताएकी छिन् ।
उनले सामािजक सञ्जाल ट्विटरमा लेखेकी छिन्–‘कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, असैद्धान्तिक, विचारबिहिन, अराजनितीक, अबसरवाद र रायमाझीपथको विरूद्धमा सशक्त वैचारिक र सांस्कृतिक संघर्ष गरौँ। कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणको पक्षमा दृढतासाथ लागौँ। नेपाल कम्यूनिष्ट पार्टीको ७२ औं स्थापना दिवशको अबसरमा हार्दिक शुभकामना!”