काठमाडौँ । दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रालिको एकाइ)ले नयाँ र आकर्षक अफर ल्याएको छ। ग्लोकल प्रा.लि शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यावसायिक संस्था हो ।
विगत लामो समयदेखि युवावर्गहरूको सीप विकास गर्न र आफ्नो रुची भएको विषयमा पोख्त हुन विभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरू आयोजना गर्दै उनीहरूलाई प्रोत्साहित गर्दै आइरहेको छ। ग्लोकल एक अत्यन्त सकारात्मक सोच लिएर युवाहरूमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो ।
ग्लोकल आफ्टर स्कूलले बिभिन्न विषयहरूमा पाठ्यक्रमहरू सुरु गरेको थियो । ग्लोकल आफ्टर स्कुलमा हालसम्म १० हजार भन्दा धेरै विद्यार्थी, विभिन्न कोउर्सहरूमा भर्ना भएका छन् भने ६० बढी प्रशिक्षक अनबरत रूपमा सिपमुलक शिक्षा प्रदान गर्न ग्लोकलसँग आवद्ध छन्।
ग्लोकल लगातार सिपमुलक शिक्षा वातावरण सिर्जना गर्न निरन्तर काम गरिरहेको छ र अनलाइन पाठ्यक्रमहरू मार्फत युवाहरूको रुचिको विषय पहिचान गरी युवाहरूको सीप विकास गर्न अवसरहरू प्रदान गरिरहको छ ।
ग्लोकलले विजया दशमी, दीपावली र छठको अवसरमा, आफ्टर स्कुलले रेकर्ड गरिएका पाठ्यक्रमहरूमा आवेदन खोलेको छ, जसमा रुचि राख्ने शिक्षार्थीहरूको लागि रोचक अफरहरूको घोषणा गरेको छ। रेकर्ड गरिएका पाठ्यक्रमहरू उनीहरू आफ्नै गतिमा सिक्न सक्छनेछन् । दसैं दक्षिणामा सिकाइ भन्ने नाराका साथ ग्लोकल आफ्टर स्कुलले दसैं अफर ल्याएको हो। यो अफर १० नोभेम्बरसम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
जसमा रेकर्ड कोउर्सहरूमा १० प्रतिशत छुट, एक भाग्यशाली विजेता टर्की एयरलाइन्सको माध्यमबाट संसारमा कहीँ पनि एक निःशुल्क राउन्ड ट्रिप टिकट प्राप्त हुनेछ । ईसेवामार्फत रजिस्टर गर्ने २०० जनाका लागि २० प्रतिशत क्यासब्याकको सुविधालगायतका सुविधा उपलब्ध गराएको छ।

