चितवन । चितवनको भरतपुरमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ। बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको हो ।
केन्द्रका प्रमुख राजिवकुमार सिंहले सवस्टेशनमा स्तरोन्नतीको काम गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने बताए । १३२ केभी, ३३ केभी र ११ केभी हेटौंडा ग्रीड अन्तर्गतको भरतपुर महानगरपालिका ११ बसेनीमा रहेको सवस्टेशनमा ११ केभी भिसिबि र लोड ब्रेकर स्विचहरु स्तरोन्नती गर्न लागिएको प्रमुख सिंहले बताए

