भरतपुर। चितवन जिल्लाको ईच्छाकामनामा एक पुरुषको शव फेला परेको छ। ईच्छाकामना गा.पा. वडा न.४ धारापानी नजिक त्रिशुली नदिको तालिएको पानीमा नदीले बगाई ल्याएको अबस्थामा बर्ष अन्दाजी ३०/३२ को पुरुष व्यक्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
शवको हाल सम्म सनाखत हुन नसकेको हुँदा कसैले चिन्नु भएमा ईलाका प्रहरी कार्यालय, मुग्लिङ वा जिल्ला प्रहरी कार्यालय,चितवनमा सम्पर्क राख्न चितवन प्रहरीले अनुरोध गरेको छ।

