गुल्मी। मालिका गाउँपालिका-७ का ३१ वर्षका लेखनाथ पन्थी घर नजिक मृत फेला परेका छन् ।
सुस्त मनस्थिति भएका पन्थी १८ भदौदेखि घरबाट हराएका थिए । पन्थीको शव घर नजिक जंगलमा स्थानीयले निउरो टिप्न गएका बेला देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले बताए ।
शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी बताए ।

