हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापालाई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मूल्यांकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले हरेक महिना सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गर्दै आएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रोशन थापाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गर्दै आएका छन् ।
यस्तै, सो कार्यालयबाट सञ्चालन गरिएको टेलिभिजन कार्यक्रम निर्माण, सम्पादन, सञ्चालनलगायतका कार्यहरुमा नियमित खटिई उत्कृष्ट श्रव्यदृष्य सामग्री समेटिएको टेलिभिजन कार्यक्रम निर्माणलगायत बागमती प्रदेशअन्तर्गत २२ वटाभन्दा बढी रेडियो स्टेशनहरुबाट पाक्षिकरुपमा प्रसारणको व्यवस्थाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कार्यालय प्रमुखहरुबीच भएको कार्यसम्पादन सम्झौताको मासिक प्रगति विवरणको मूल्यांकन गर्ने कार्यमा अहं जिम्मेवारी निर्वाह गरेकोलगायतका कामको मूल्यांकन गरी थापालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता मीना चौधरीले जानकारी दिइन् ।