नवलपुर । पूर्वी नवलपरासीमा तासको खालबाट नवलपुर प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ५ बाघखोर निवासी सुशीला भण्डारीको घरमा तास खेलिरहेको अवस्थामा ३६ हजार ९०० रुपैयाँ नगदसहित सात जनालाई नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीले मध्यबिन्दु–५ का ६२ वर्षीय यमबहादुर सूर्यवंशी, वर्ष २२ का अर्जुन बोहोरा, वर्ष २७ का रोशन खडाल क्षेत्री, वर्ष ३५ का अम्मर खड्का, वर्ष ३४ का सुरजबहादुर चन्द बोहोरा, वर्ष ४० का विनोदकुमार के.सी. र वर्ष ३७ का दिप्तनारायण महतोलाई नियन्त्रणमा लिएको हो ।