मेष: मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ।भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
वृष: दिन सामान्य नै रहनेछ। लत्ता कपडामा बढी खर्च होला। किनमेल गर्दा सामान हराउन सक्छ, होसियार बन्नु पर्छ। अभिभावकको आशीर्वादले काम गर्न सक्छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइएला।भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: यात्रा कष्टकर हुन सक्छ, सचेत रहनु होला। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। लाभहानि, सुखदुःख बराबरी होला। ठूलो कारोबारमा हात नहालेकै बेस हुन्छ। सामान हराउने वा चोरी हुने भय छ।भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
कर्कट: परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। अचल सम्पत्ति हात पर्ने योग छ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आँटे-ताकेको पूरा होला।भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
सिंह: अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग देखिन्छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। स्वादिष्ट भोजनको अवसर मिल्ला। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कन्या: शुभ कार्यमा सरिक भइनेछ। आँटेको पूरा हुनेछ। शुभ समाचार सुन्नमा आउला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। मान-सम्मान मिल्ला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६६, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
तुला: अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ। झैझमेलाको अवस्था आउन सक्छ। फलदायी यात्रा नहोला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। बन्नै लागेको काम बिग्रँदा खिन्नता बढ्न सक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहला।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: अधुरो काम पूरा हुनेछ। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। रोकिएको धन हात पर्ला। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
धनु: दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। बौद्धिक काममा सफलता मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ। प्रेमीको सहयोग प्राप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
मकर: वैदेशिक कार्य अघि बढ्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रताको बन्धन कसिने बेला छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। आकस्मिक धन लाभ हुनेछ।भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
कुम्भ: मन खिन्न हुने स्थिति आउनेछ। राजनीतिक कार्यमा बाधा होला। सरकारी निकायको भय रहन सक्छ। परिवारमा झैझमेलाको अवस्था आउला। अविश्वास उत्पन्न हुनेछ। पुँजी बजारले भने साथ दिनेछ।भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
मीन: नयाँ कामको थालनी हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। धार्मिक यात्रा हुन सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई धेरै लाभ हुनेछ। नयाँ कार्यको थालनी होला। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। पदोन्नतिको सम्भावना छ।भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।