चितवन । रत्ननगर नगरपालिका–११ मनिखोलामा गैंडाले आक्रमण गर्दा एक जना पुरुष घाइते भएका छन् ।
बिहीबार दिउँसो करिब साढे ११ बजेको समयमा स्थानीय ६२ वर्षीय दिलबहादुर लामालाई जंगल नजिकको बाटोमा हिँडिरहेका बेला गैंडाले आक्रमण गरेको थियो ।
गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका लामाको खुट्टा र टाउकोमा चोट लागेको प्रहरी बिट जिरौनाले जानकारी दिएको छ । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।