मेष: आलस्य त्यागेन भने आँटेको काममा सफलता नमिल्न सक्छ। राम्रै काममा पनि अवरोध आउन सक्ने सम्भावना छ। स्वास्थ्यमा गडबडी होला। बाहिरी गफगाफमा भुलिँदा व्यापार व्यवसायमा असर पर्न सक्छ।भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूलाई होच्याएर नबोल्ने।
वृष: मनमा शान्ति छाउनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आर्थिक लाभ हासिल हुनेछ।भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। महिला वा मित्रबाट सहयोग मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
कर्कट: साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अध्ययन-अध्यापनको क्षेत्र सबल रहनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। सामाजिक उत्तरदायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७३, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
सिंह: दिन मध्यम रहनेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। महत्त्वाकाङ्क्षी योजना भने गोप्य राखेर अघि बढ्नुपर्छ।भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या: आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। लक्ष्यप्राप्तिको योग छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्कृष्ट छ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। धार्मिक यात्राको योग छ।भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको ईर्ष्या नगर्ने।
तुला: आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। रमाइलो यात्राको योग छ। ठीक समयमा सही निर्णय लिन सकिएला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। पुनर्मिलनको योग छ।भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
वृश्चिक: रोकिएको कामले पूर्णता पाउनेछ। पेसा-व्यवसायबाट लाभ हुनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। कृषि क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
धनु: महत्त्वपूर्ण अवसर गुम्न सक्छ। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ। साँझमा प्रतिष्ठित व्यक्तिसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ।भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मकर: अधुरा काम पूरा हुनेछन्। कार्य सम्पादनमा सहजता मिल्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ।भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कुम्भ: शुभ समाचार सुन्नमा आउला। शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। पुनर्मिलनको योग छ। तर, विश्वास पात्रले बोली परिवर्तन गर्न सक्छन्।भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन: राजनीति तथा समाजसेवामा जनताको साथ रहने हुँदा सार्वजनिक पद पाउने योग छ। बोलीको भरमा सङ्कल्पसिद्ध हुनेछ। विद्या र बुद्धिको विकास होला। शुभ समाचार सुन्नमा आउनेछ।भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।