चितवन। मेरो काम मेरो अधिकार अन्र्तरगत चितवन जिल्लामा मनोरञ्जन क्षेत्रमा कार्यरत युवा श्रमिक महिलाहरुको जिल्ला स्तरीय पहिचान संजाल गठन भएको छ।
यस अभियान अन्र्तरगत मनोरञ्जन क्षेत्रमा कार्यरत युवा श्रमिक महिलाहरुको लागि नेतृत्व विकास सम्बिन्ध क्षमता विकास तालिम पनि यहि असोज ०८ र ०९ गते चितवनको पुल्चोकमा सम्पन्न गरिएको हो । यस तालिममा मनोरञ्जन क्षेत्रमा कार्यरत १७ जना श्रमिक महिलाहरुको सहभागिता रहेको थियो भने उदघाट्न सत्रमा लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष लोक बहादुर रानाभाट सचिव जि वि सुनार जिफण्डका अध्यक्ष गोविन्द अर्याल, मन्जु श्री असाहाय संघका अध्यक्ष मन्जु खाड पत्रकार महासंघका उपाध्यक्ष प्रमिता ढकाल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष रानाभाटले जिल्लामा मनोरञ्जन क्षेत्रको श्रमिकहरुलाई गर्न गहिरहेको कार्यक्रमहरु प्रशंसा योग्ग रहेको आगामी दिनमा संगै सहकार्य गर्न र श्रमिकहरुलाई संगठित गर्न प्रतिष्ठानले सहयोग गर्ने प्रतिवद्धता गरे। साथै,जिफण्डका अध्यक्ष अर्यालले जिल्लामा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुको तथ्याङक संकलन गर्दा आगामी दिनमा पैरवाीको माध्याम बन्ने भएकाले तथ्याङक संकलन गर्न अनुरोध गदै श्रमिकको हक अधिकार र संगठित गर्न, श्रम ऐन अनुसारको व्यवस्थाका लागि पहल गर्न जिफण्डले सहकार्य गर्ने कुरामा प्रतिवद्धता जनाए ।
महिलाको निम्ति महिला मञ्चले ७ वटा जिल्लामा छरिएर रहेको श्रमिकहरुलाई संगठित गराउदै राष्ट्रिय स्तरको श्रमिकहरुको नेतृत्वको सञ्जाल राष्ट्रिय पहिचान संजाल गठन गरिएको थियो सोहि अभियानलाई निरन्तरता दिने क्रममा चितवन जिल्लामा रहेका श्रमिकहरुलाई संगठित गर्दै जिल्लामा नेतृत्व विकास, श्रमिकहरुको संगठन निमार्ण तथा सुदृढिकरण, श्रमिकहरुले भोग्दै आएका समस्याहरुको सवाल उठान गरि केन्द्र सम्म पु¥याउने र जिल्लामा रहेका सरोकारवाला निकायहरु संग समन्वय र सहकार्यमा आगामी काम गर्नका लागि सरिता थापाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला स्तरीय पहिचान संजाल गठन भएको हो ।
नेपाल सरकारले सबै श्रमलाई समान रुपमा लेखिए तापनि महिलाले गर्ने श्रम त्यसमा पनि मनोरञ्जन क्षेत्रका महिलाले गर्ने कार्यलाई विभेदकारी रुपमा लिने गरिएको छ । यस कारणले पनि सवाललाई उठान गरि चितवन जिल्लामा रहेको मनोरञ्जन क्षेत्रका श्रमिक महिलाहरुको श्रमको सवाललाई पहिचान, सुरक्षा र सम्मानको वातावरण बनाउने उद्देश्यले जिल्ला स्तरिय पहिचान संजाल गठन गरिएको हो । मनोरञ्जन क्षेत्रलाई रोजगारीको क्षेत्रको रुपमा नहेरिदिदा, कामको पहिचान, समान र मुल्याङकन नहुदाँ, श्रम ऐनको दायरा भित्र यस क्षेत्रलाई नराख्दा श्रमिकहरुले काम गर्ने क्षेत्रमा समस्याहरु भोग्न बाध्य छन । तर्सथ जिल्लामा गठन भएको पहिचान संञ्जालले जिल्लामा रहेको मनोरञ्जन क्षेत्रको सवाल उठानका लागि महत्वपुर्ण भुमिका खेल्ने अनुमान गरिएको छ ।

