चितवन । बागमती प्रदेश प्रहरी कार्यालयले भरतपुर महानगरपालिका वडा.नं ९ को वडा कार्यालयलाई गुनासो तथा सुझाव संकलन पेटिका उपलब्ध गरेको छ ।
आज वडा.नं ९ मा आयोजना भएको गुनासो तथा सुझाव संकलन पेटिका हस्तान्तरण कार्यक्रममा प्रहरी तर्फको प्रतिनिधित्व गर्दै प्रहरी सहायक निरिक्षक प्रबिन भट्टले सो वडाका वडा अध्यक्ष यमलाल कंडेललाई हस्तान्तरण गरेका हुन् ।
गुनासो तथा सुझाव संकलन पेटिका हस्तान्तरण गर्दै चितवन प्रेससँग प्रहरी सहायक निरिक्षक प्रबिन भट्टले कसैलाई प्रहरी तथा कर्मचारीहरुसँग कुनै गुनासो भएमा यस गुनासो पेटिमा उजुरी गर्न सकिने र जिल्ला प्रहरी कार्यालाय चितवनले गुनासो सिधै सम्बोधन गर्ने बताए ।


