काठमाडौँ। गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन्। गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। त्यो भिडिओ अहिले टिकटकमा भाइरल भइरहेको छ।
इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन्। अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैंले भने औपचारिक रूपमा सार्वजिनक गरेकी होइनन्।
उनीहरूले इन्गेजमेन्ट गरेको भिडिओ क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो।
क्याप्टेन थापाले भिडिओको क्याम्पसनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना!’

