चितवन। खवर मुलुक डटकमले शुरुवातीको एक वर्ष पुरा भएको दिन सञ्चारकर्मीहरु माझ हिजो (बिहिबार)पहिलो वार्षिकोत्सव मनाएको छ ।
गृहनगर पव्लिकेशन प्रालिको व्यानरमा एक वर्ष देखि अनलाइन माध्यमबाट प्रकाशन भइरहेको खबरमुलुक अनलाइन पत्रिका आजकै दिनबाट दोश्रो वर्षमा प्रवेश गरेको छ । भरतपुर १० स्थित खवर मुलुकको आफ्नै कार्यालयमा स्थानिय सञ्चारकर्मी माझ पहिलो वर्षको केक काटेर कार्यक्रम मनाईएको हो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीले केक काट्दै व्यवसायिक पत्रकारिता गर्दै आएको सिङ्गो टिमलाई बधाई दिदै निरन्तरताको लागि अझ अडिग रहन प्रोत्साहित गरेका थिए । उनले अनलाइन माध्यमबाट एक वर्षको अवधिमा विना विज्ञापन समाचारलाई निरन्तरता दिई रहनु चानचुने कुरा नभएको बताए । आउँदा दिनमा उचित पारिश्रमिकका साथ अन्य सञ्चारकर्मीलाई समेटन समेत उनले आग्रह गरे ।
उक्त भेटघाट कार्यक्रममा अनलाइनका सम्पादक केपी शर्माले निकट भविश्यमा खवर मुलुकले अनलाइन टेलिभिजन र अनलाइन रेडियो प्रकाशन गर्ने बताए ।

