चितवन । चितवनमा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले नागरिकको शान्ति सुरक्षा र अमनचयनलाई प्रभावकारी ढंगले लैजाने बताउनु भएको छ । आज भरतपुरमा भएको पत्रकारबीचको अन्र्तक्रिया कार्यक्रममा प्रशासनको पहिलो प्राथमिकता नै आपराधिक क्रियाकलाप न्यूनिकरण गरी शान्ति सुरक्षा कायम गर्नुपर्ने बताउनु भएको हो । ।
उहाँले आफूले चितवन वासीलाई शुसासनको प्रत्याभुति गराउने विश्वास दिलाउनु भयो । तामाङले चितवन वासीकालागि कुनै जिल्ला हरेक निकाय तथा संस्थामा हुने वेथिति र कमी कमजारीलाई सुधार गर्दै गुनासो गर्ने ठाउँ नराख्ने बताउनुभयो । यसका लागि जिल्लाका संचारकर्मी, नागरिक समाज सबैको सहयोग अपरिहार्य रहेको बताउनु भयो ।
नागरिकलाई प्रदान गरिने सेवा तथा शुसासन कायम राख्न आफ्नो मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिई सकेको उहांँले बताउनुभयो । ‘मैले जिल्लाका सरकारी तथा नीजि अस्पताल, बढी भीडभाड हुने सरकारी कार्यालय तथा रामपुर विश्वविद्यालयमा चरम लापरवाही वेथिति भएको जानकारी पाएको छु उहांँले भन्नु भयो , म भोलिदेखिनै यसको सही कार्यान्वयनको लागि उत्रनेछु ।’
चाडपर्व नजिकिएसँगै हुने मूल्यमा अनियमितता र खाद्यान्नमा हुने मिसावटलाई अनुगमन र नियमित नियगमन गरिने उहांँले बताउनु भयो ।
नागरिक बाट आउने गुनासा लाई क्रमश सम्बाधन गर्दै दोषीलाई कारवाही गर्न आफूले कुनै कसर बाँकी नराख्ने उहांँको भनाई थियो । सुसुचित हुनु जनताको अधिकार भएको भन्दै सूचनालाई थप प्रभावकारी बनाउन सबै सरकारी निकायका सूचना अधिकारीलाई निर्देशन दिने समेत उहाँले बताउनु भयो । ।

