चितवन । चितवन राष्ट्रिय निकुञ्जकाे मध्यवर्ती बन क्षेत्रमा रेल मार्ग निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सर्भेक्षण अनुमति दिएको छ ।
निकुञ्ज हुँदै पूर्व – पश्चिम वन्यजन्तुमैत्री रेल मार्ग निर्माणका लागि बिभिन्न प्रक्रिया अन्तर्गत सुरुवाती चरणमा सामान्य सर्भेक्षणका लागि अनुमति दिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।
उहाँले जथाभावी संरचना बनाउँदा वन्यजन्तुको बासस्थानमा असर पर्ने र वन्यजन्तुओहोर दोहोरमा समस्या पर्ने भएकाले निकुञ्ज भित्र रेलमार्ग सम्भव नहुने तर मध्यवर्ती क्षेत्रका बनहरुमा त्यो पनी आकाशेपुल निर्माण गरि रेलमार्ग बनाउन कती सम्भव हुने नहुने सर्भेक्षण गरेपछि मात्र पत्ता लाग्ने बताउनु भयाे ।

