चितवन । चितवन जिल्ल अदालतका न्यायाधीश रमेश प्रसाद ज्ञवालीले ‘माडीका महिलाहरुले चिनियाँ नागरिकसंग कानुनी विवाह (कोर्ट म्यारिज) गर्ने क्रम उच्च रहेको’ बताउनुभएको छ ।
शनिवार माडी नगरपालिकामा आयोजित न्यायमा पहुँचका लागि समुदायमा अदालत विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै जिल्ला न्यायधिश ज्ञवालीले सो कुरा सार्वजनिक गर्नुभएको हो । ‘चितवनका अरु कुनैपनि पालिकामा यस्तो अवस्था नरहेको तर माडीबाट पछिल्लो केहि महिनाभित्रै एक दर्जनको संख्यामा यस्तो विवाह भएको’ उहाँले जानकारी दिनुभयो ।
यसबाहेक माडी क्षेत्रबाट ‘जंगली जनावरसम्बन्धी मुद्धा पनि धेरै रहेको’ उहाँले जनाउनुभयो । यस पालिकामा ‘कैद जरिवाना लागेका मानिसहरु खुलेआम हिँड्ने गरेको’ बताउँदै उहाँले त्यसतर्फ ध्यान दिन अनुरोध गर्नुभयो । ‘अदालतलाई खबरदारी गर्नु उचित भएपनि पछिल्लो समय नकारात्मक प्रचार बढी हुनेगरेको’ उहाँको भनाई थियो ।
कार्यक्रममा चितवनका अन्य जिल्ला न्यायाधीशहरु दयाराम ढकाल, केदारनाथ पौडेल, दुर्गादेवी गुरुङ र निर्मला शर्मा पराजुली, नेपाल बार एसोसिएशन चितवन शाखाका अध्यक्ष र पूर्व अध्यक्षहरु, जिल्ला सरकारी वकिलको कार्यालय लगायत चितवन जिल्ला अदालतका सबैजसो पक्षको सहभागिता रहेको थियो ।
माडी नगरप्रमुख ताराकाजी महतोको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा माडीका मेलमिलाप सहजकर्ता एवं न्यायीक समितिसम्बद्ध पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जनस्तरबाट सोधिएका न्याय निरुपणसम्बन्धी दर्जनौं प्रश्न र जिज्ञासाहरुमा न्यायाधीश एवं कानुन व्यवसायीहरुले उत्तरित गरेको माडी नगर मेलमिलाप समिति संयोजक महदत्त काफ्लेले बताउनु भयो ।स्वदेशएफएको सहयोगमा