मेष : सहयोगीको साथ मिल्नेछ। काममा सोचेजस्तै सफलता हात पर्ला। बोलीको भरमा कार्य सम्पादन हुनेछ। रमाइलो र मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। कसैकसैलाई सन्तान प्राप्त होला।
भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ४३ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
वृष : समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने योग छ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफल भइनेछ।
भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
मिथुन : मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला। धार्मिक कार्य सफल रहनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। वैदेशिक क्षेत्रको कमबाट लाभ होला।
भाग्यशाली रङ पर्पल हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट : सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। रोजगारीको क्षेत्रमा नयाँ अवसर प्राप्त होला। आफन्तबाट सहयोग प्राप्त हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
सिंह : सामाजिक कार्यमा रुचि जाग्नुकासाथै यात्राको योग छ। आफन्त एवं परिवारजनको सहयोगबाट विशेष लाभ हुनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। झुट नबोल्ने।
कन्या : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। प्रेममा समेत अविश्वासको वातावरण सिर्जना होला। मनोरञ्जनमा सहभागी भइनेछ।
भाग्यशाली रङ हरियो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। अरूको कुभलो नसोच्ने।
तुला : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ। व्यापार व्यवसायमा श्रीवृद्धि हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै रमाइलो यात्राको योग देखिन्छ।
भाग्यशाली रङ गुलाबी हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७३, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक : मन मिल्ने साथीले दिल खोलेर सहयोग गर्नेछन्। अधुरा काम सम्पन्न हुनेछन्। नयाँ सम्बन्ध जोडिन सक्छ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। सेयर बजार र एजेन्टको कामबाट नोक्सानी हुन सक्छ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु : उपहार पाइने योग छ। यात्रामा भने सावधानी अपनाउनु पर्छ। प्रेममा अविश्वासको वातावरण सिर्जना होला। मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइनेछ। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
मकर : दिन त्यति राम्रो देखिँदैन। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। प्रेम सम्बन्धमा असमझदारी बढ्नेछ। तर, सद्विचारले अभिप्रेरित हुनेहरूलाई साँझपख लाभ मिल्नेछ।
भाग्यशाली रङ रातो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ : प्रतिष्ठित काम गर्ने मौका छ। सामाजिक कामको दायित्त्व बढ्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा सफल भइनेछ।
भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मीन : सफल यात्राको योग देखिन्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छरछिमेकमा सम्पन्न हुने धार्मिक एवं सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ।
भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।