मेष : रमणीय र सुखद यात्राको योग छ। गरेको कार्यबाट नपत्याउँदो फाइदा हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्।
भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
वृष : कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पारिवारमाझ मनोरञ्जनात्मक कार्यक्रम हुनेछ जसले आपसी सद्भाव बढाउनेछ। आर्थिक क्षेत्र सबल रहनेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन : सुखदुःख बराबरी हुनेछ। मन परेको व्यक्तिसँग टाढिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु होला। मध्य दिनपछि मनमा फूर्ति र उत्साह बढेकै हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
कर्कट : शुभ समाचारले हौसला बढाउनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिएला। कला र गलाको प्रभाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। छलकपट नगर्ने।
सिंह : शुभ समाचार सुन्न पाइएला। नयाँ रोजगारीको अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ।
भाग्यशाली रङ आकासे र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ७७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको ईर्ष्या नगर्ने।
कन्या : धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। पुनर्मिलनको योग छ। आँटे-ताकेको पूरा होला। शुभ समाचार सुन्न पाइनेछ। अरूमाथि प्रभुत्व जमाउन सकिनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
तुला : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। आफ्नो विचारविपरीत निर्णय हुन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत रहनु होला। सरकारी निकायको भय रहनेछ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४९, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक : पार्टी तथा सेमिनारमा सहभागी भइएला। दिन अविस्मरणीय सम्झनाले बित्नेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। जोस, जाँगर र हिम्मत बढ्नेछ।
भाग्यशाली रङ रातो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
धनु : उमङ्ग र उत्साह छाउला। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। रमणीय र सुखद यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मकर : सुखद समाचारले हौसला बढाउनेछ। वैदेशिक क्षेत्रको काम सफल होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट राम्रो सफलता मिल्नेछ। साँझमा भने केही पैसा खर्च हुन सक्छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, वैदेशिक कार्यमा ३८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ : बन्न लागेको काम बिग्रन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। बोल्दा विचार पुर्याउनु होला। साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।
भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन : विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।