दार्चुला । दार्चुला शैल्यशिखर नगरपालिका–१, बलाँचकी ६० वर्षीया राधिका खडायतको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जङ्गलमा खर काट्न गएका बेला मङ्गलवार दिउसो करिब १२ बजे तिर उनी लडेर घाइते भएको र उपचारको लागि गोकुलेश्वर अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।
यसैबिच, मालिकार्जुन गाउँपालिका–३ का ५ वर्षीय भुपेस साउद अम्बाको रुखबाट खसेर घाइते भएका छन् । अम्बा टिप्न रुखमा चढेको बेला उनी अकस्मात् खसेर घाइते भएका हुन् । घाइते साउदलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।
यसैगरी दार्चुलाको मार्मा गाउँपालिकामा पर्ने लटिनाथ बजार नजिकै रहेको रिल पहिरो क्षेत्रमा ढुङ्गा खस्दा दुई वटा गाडीमा क्षति पुगेको छ ।
पहिरो जाँदा रोकिएर राखिएका गाडीमा सडक माथिबाट ढुङ्गा खस्दा बा २१ च ७२७९ नम्बरको स्कारपिओ र से १ ज ८४९ नम्बर बुलेरो जिपमा क्षति पुगेको हो ।

