काठमाडौं। सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका छविलाल जोशी र रामबहादुर खनाललाई पर्सा लगिएको छ।
पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएकाले उनीहरूलाई गएराती पोखराबाट सडकमार्ग हुँदै गाडीमा लगिएकोमा आज बिहान पर्सा पु¥याइएको हो ।
प्रहरीका अनुसार उनीहरूलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि पुनः पोखरा फर्काइने छ।
जोशी र खनाललाई पर्सा पुराएलगत्तै सोही प्रकरणमा अनुसन्धान गर्न रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि पोखराबाट आजै पर्सा लैजाने तयारी छ।
लामिछानेलाई भने पोखराबाट काठमाडौं र काठमाडौंबाट सिमरा हवाइ मार्गबाट लगिने प्रहरी स्रोतले जनाएको छ।