कालिका । सातौं संविधान दिवसको अबसरमा कालिका नगरपालिकाको भिमवली सामुदायिक वनको पार्कमा बृक्षारोपण गरिएको छ । कालिबहादुर गणको आयोजना एबं डिभिजन वन कार्यालयको सहयोगमा बृक्षारोपण कार्यक्रममा आँप, लिचि, कटहर, तेजपत्ता, धुपि, कल्लकी, खयर, हर्रो, बर्रो, चिउरी, अमला लगाएतका गरि २ सय ६५ थान बिरुवा रोपिएको हो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा पौडेल, भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, जिल्लामा रहेका बिभिन्न सरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधि वडा अध्यक्ष, भिमवली सामुदायिक वनका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । गणका अनुसार एक सिपाही एक बिरुवा भन्ने मुल नाराका साथ बिभिन्न नरणहरुमा गरि ६ सय ५५ विरुवा रोपिसकिएको छ । गणले जिल्लामा रहेका अन्य खाली स्थानहरुमा समेत सरोकारवालाहरु संग समन्वय गरि वृक्षारोपणको तयारी गरिरहेको छ ।
संविधान दिवसको अवसरमा सेनाद्धारा भीमवली सामुदायिक वनमा बृक्षारोपण
संविधान दिवसको अवसरमा सेनाद्धारा भीमवली सामुदायिक वनमा बृक्षारोपण
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

