चितवन । चितवनका अग्रज पत्रकार गणशेखर शर्माले श्रीमतीको सम्झनामा भरतपुरमा चौतारो निमाणं गर्नुभएको छ । भरतपुर महानगपालिका वडा नम्वर १० मालपोत कायालयमा रहेको वरपिपलको रुखलाई चौतारी निमार्ण गर्नुभएको हो ।
उहाँले स्वर्गीय श्रीमती विरा देवि शर्माको सम्झनामा १ लाख रुपैयांँ खर्च गरेर चौतारो निमार्ण गर्नुभएको हो । चौतारी मालपोत कार्यालयका मालपोत अधिकृत कर्ण वहादुर कुंँवर र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले संयुत्त रुपमा उदघाटन गर्नु भएको हो ।
सो अवसरमा नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नम्वर १२ का अध्यक्ष चित्र वहादुर भण्डारीले बोल्नु भएको थियो । विरादेवी शर्माको२०७१ सालमा निधन भएको थियो । उहाँ सम्पादक रहेको साप्ताहिक पत्रिका चितवन साप्ताहिक २३ वर्ष देखि निरन्तर सञ्चालनमा रहेको छ ।

