चितवन । नेपाली चेली माया मुल्लर र उनका श्रीमान एल्मर मुल्लरले रत्ननगरका दुई छात्राबासलाई खाद्यान्न सहयोग गरेका छन् । ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारको पहलमा मल्लर दम्पतीले गामबेसीको चेपाङ संरक्षण केन्द्र र ग्रिन सोसाइटी छात्राबासमा खाद्यान्न सहयोग गरेका हुन् । चितवनको माडी स्थायी घरभई अस्ट्रियामा बस्दै आएकी माया मुल्लरले स्वदेश आएको बेला दुई वटा छात्राबासमा आवासीय सुविधा सहित अध्ययान गरिरहेका चेपाङ सहित विपन्न समुदायका वालवालिकाको लागि खाद्यान्न सहयोग गरेको जानकारी दिइन् ।
चेपाङ संरक्षण केन्द्रलाई ४० बोरा चामल, २ बोरा आलु, २ बोरा मस्यौरा र २ बोरा प्याज तथा ग्रिन सोसाइटी छात्राबासको लागि २० बोरा चामल, २ बोरा आलु, १ बोरा नुन सहयोग गरिएको सोसाइटीका महासचिव परियारले जानकारी दिए । केन्द्रमा आयोजित एक औपचारिक कार्यक्रमका बीच मुल्लर दम्पतीले चेपाङ बालबालिकालाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
सो अबसरमा माया मुल्लरले गामबेसीको चेपाङ संरक्षण केन्द्रमा लामो समय देखि भौतिक पूर्वाधार निर्माण, शैक्षिक सामग्री र खाद्यान्न सहयोग गर्दै आएको भन्दै स्वदेश आएको बेला बालवालिकाको शिक्षाको लागि सहयोग गरेको बताइन् । केन्द्रका अध्यक्ष केपिकिरण शर्माले मुल्लर दम्पतीले गरेको सहयोगले केन्द्र सञ्चालनमा ठुलो मद्दत पुगेको बताए ।
मुल्लर दम्पतीले भौतिक पूर्वाधार निर्माण देखि केन्द्रले अभाव झेल्दा आवश्यक सामग्री सहयोग गर्र्दै आएको बताए । केन्द्रमा हाल १५० जना चेपाङ बालवालिका आवासीय सुविधा सहित अध्ययान गरिरहेका छन् । यता प्रोजेक्ट नेष्ट फाउण्डेशनको सहयोगमा सञ्चालित ग्रिन सोसाइटी छात्राबासमा २८ जना विपन्न समुदायका बालवालिका अध्ययान गरिरहेका छन् । फाउण्डेशनले छात्राबासका २८ जना र आफ्नै घरमा रहेका १७ जना विपन्न समुदायका बालपालिकाहरुलाई शैक्षिक सहयोग गरिरहेको फाउण्डेशनका कार्यक्रम संयोजक निरज रेग्मीले जानकारी दिए ।