चितवन । चितवनमा नयाँ दाना उद्योग सञ्चालनमा आएको छ । विगत डेढ दशकदेखि पोल्ट्री क्षेत्रमा सक्रिय व्यवसायी रामलाल भुषालको एकल लगानीमा भुषाल फिड ईण्डष्ट्रिज प्रा.लि. सञ्चालनमा आएको हो । भुषाल फिड ईण्डष्ट्रिज प्रा.लि.को उत्पादनमा “ भुषाल मास दाना” व्राण्डमा उच्च गुणस्तरीय भएको पोषणयुक्त दाना उत्पादन सुरु गरेको अध्यक्ष रामलाल भुषालले बताए ।
झण्डै दुई करोडको लगानी गरि भरतपुर–६ गीतानगरमा उद्योग राखि उत्पादन सुरु गरेको दाना अण्डा उत्पादन गर्ने लेर्यस कुखुरा, बोईलर प्यारेन्ट र गाईबस्तुको लागि निकै फलदायी हुने अध्यक्ष भुषालको भनाई थियो । भुषाल फिडको एक भव्य समारोहका विच प्रदेश सासंद घनश्याम दाहाल “अविनाश”ले उद्धघाटन गरेका थिए ।सो अवसरमा बोल्दै पोल्ट्रीबाट आत्मनिर्भर बन्दै किसानले नै उद्योग खोल्नु् खुसीको कुरा भएको बताए ।उनले सरकारले समेत किसानलाई प्रोसाहन गर्ने गरि नीति आईरहदाँ नयाँ उद्योग खोलिनुले यो पेशामा थप आर्कषण बढेको बताए ।
मकै, भट्मास, डुटो, मटमास र सूर्यमुखी पिना, सोया आयल, डिओसी लगायत पशुपंक्षिलाई प्रत्यक्ष फाईदा पुग्ने कच्चापदार्थको समिश्रण गरी उत्पादन भै रहेको भुषाल दाना छोटो समयमा नै किसान माझ आफुहरुको नारा किसान पहिलो रोजाई नै बन्ने निर्देशक लक्ष्मी भुषालले बताईन् ।यस्तै कुखुरालाई चाहिने भिटामिन, मिनिरल्स तथा भ्याक्सिनहरु अलग्गै प्रयोग गरिरहेकाले कुखुरामा विभिन्न रोगहरुकाृ निदानको उपायको रुपमा भुषाल फिडले सो मिनिरल्स दानामै मिसाईने भएकोले यो पशुपंक्षिका लागि गुणस्तरीय रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका डा.रेवन्तकुमार भट्टराईले बताए।
अर्का प्रदेश सासंद रामलाल महत्तो विशिष्ट अतिथि रहेको उद्धघाटन समारोहमा नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनाल, भरतपुर वडा नं. ६ का वडा अध्यक्ष हरिविलाश कोईराल, वडा नं. १३ का प्रकाश दवाडी, उद्योगी, व्यवसायीहरु, जनप्रतिनिधिहरु लगायत विभिन्न स्थानका कुखुरा पालक किसानहरुको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुलाई स्वागत उद्योगका कर्मचारी विन्दु श्रेष्ठले गरेका थिए ।कार्यक्रमका सहभागीहरुले भुषाल दानाले पशुको स्वस्थ्यमा राम्रो गर्ने भएकोले किसानलाई प्रयोगमा ल्याई फाईदा लिन अनुरोध समेत गरका थिए ।

