चितवन । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) एमालेको राप्ती नगर कमिटी गठन भएको छ । नेकपा एमालेको माधव नेपाल समुहका नेता कार्यकर्ताको भेलाले २०१ सदस्यीय नगर कमिटी गठन गरेको हो । नगर कमिटीको अध्यक्षमा सुमिता डल्लाकोटी र सचिवमा शमसेर लामा चयन भएका छन् । डल्लाकोटी र लामा दुबै नगरमा लोकप्रिय छवि बोकेका एमाले नेता हुन । उनीहरु दुबै जना राप्ती नगरपालिकाको निर्वाचित वडा अध्यक्ष हुन् ।
नगरकमिटी को उपाध्यक्षमा लेखनाथ खनाल र उपसचिवमा राजकुमार बर्तौला चयन भएका छन । भेलामा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नगर कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका छन् । भेलामा पाण्डेसहित एमाले नेताहरु डा. कृष्ण पन्त, घनश्याम कँडेल, अमर लामा लगायतको उपस्थिति रहेको थियो । एमालेको यो समुहले अनेमसंघ र युवा संघको नगर कमिटी गठन गरिसकेको छ ।