चितवन। कालिका एफ.एमको गौरवमय १९ औँ बार्षिकोत्सवकका कार्यक्रम आजदेखि सुरु हुँदै छन् । कालिका मिडियाले सदाका बर्ष झै देवघाटमा रहेका बृद्धाबृद्धालाई स्वास्थ्य सामाग्री प्रदान गर्दै आजदेखि बार्षिकोत्सवका कार्यक्रमको सुरुवात गर्न लागेको हो । विगतका कार्यक्रमलाई निरन्तरता दिदै, केहि नयाँ कार्यक्रम समेत गर्न लागिएको छ । महिनाब्यापी रुपमा आयोजित बार्षिक उत्वसवका कार्यक्रमहरुमा स्रोता लक्षित, समाजका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् ।
अधिकांश कार्यक्रमहरु गत बर्ष झै यस बर्षपनि भर्चुअल माध्यमबाट गर्न लागिएको छ। समाज र राष्ट्रको हितमा निरन्तर आफ्ना कार्यक्रम र सुचनाहरु प्रसारण गर्दै आई रहेको कालिका मिडियाले आगामी दिनमा पनि कटिबद्ध भई लाग्ने प्रतिबद्धता समेत जाहेर गरेको छ। विगतमा कालिका मिडियाले भाषा, कला, धर्म, सस्कृतिको क्षेत्रमा गरेका राष्ट्रिय स्तरका बृहत्त कार्यक्रमहरुले भिन्न पहिचान र अस्तित्व निमार्ण गरेको छ । सोको निरन्तरताका लागि यसपाली पनि सोहि अनुरुपका कार्यक्रमहरुको आयोजना गरिएको कालिका एफ.एमका निर्देशक दिपक पौडेलले जानकारी दिनुभयो ।
२०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १९ वर्ष पुरा गरी २० औँ वर्षमा प्रवेश गर्दै छ । स्थापनाकालदेखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ । बार्षिकोत्सवका अवसरमा यसपाली विविध १२ वटा कार्यक्रम गरिदै छ ।

