काठमाडौं । छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा दोस्रो साताबाट आयोजना हुने भएको छ ।
राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुनेछ ।
नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने जनाएको छ ।
पुरुषमा नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, टिप टप हेल्प नेपाल, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स, मणिमुकुन्द क्लब, वाग्मती प्रदेश, मिलन क्लब, नयाँबजार सामाजिक क्लब र कर्णाली प्रदेशको सहभागिता रहेको छ ।
महिलातर्फ न्यू डाइमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लबको सहभागिता रहने छ ।
क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले ४ लाख प्राप्त गर्नेछ भने उपविजेताले २ लाख पाउँदा तेस्रोले १ लाख प्राप्त गर्नेछ ।