चितवन । भरतपुरमा तेस्रो जिल्ला स्तरीय अन्तर सस्थागत विद्यालय सनराइज सितोरियो कराते प्रतियोगिता सुरु भएको छ । सनराइज इङ्गलिस सेकेण्डरी स्कुल र नेपाल सितोरियो कराते सघ चितवको आयोजनामा भरतपुरस्थित सनराइज इङ्गलिस सेकेण्डरी स्कुलमा शुक्रबारबाट सुरु भएको प्रतियोगिता शनिबारसम्म चल्ने छ ।
प्रतियोगितामा भरतपुर महानगरका १४ सस्थागत बिद्यालयका १ सय ८० खेलाडी सहभागी भएका छन् ।
प्रतियोगितामा २१ गोल्ड मेडल,२१ रजत,४२ काश्य पदक प्रतिस्पर्धमा २० तौल समूहमा खेलहरु भइरहेका छन ।
उक्त प्रतियोगिताको उदघाटन भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले गरे । उनले खेलकुद क्षेत्रको विकामा सबै लाग्नुपर्नेमा जोड दिए । स्थानीय सरकारले खेलकुद क्षेत्रमा प्रयाप्त मात्रमा बजेट विनियोजन गरेको छ उनले भने,हामी एक बिद्यालय एक खेलमैदानको अबधारणामा अगाडी बढिसकेका छौं । खेल क्षेत्रमा भरतपुर महानगरलाइ देश कै पहिलो र नमुना पालिकाको रुपमा घोषणा गर्ने हाम्रो तयारी छ उप प्रमुख अधिकारीले भने ।
प्रतियोगितामा सबैभन्दा धेरै गोल्ड मेडल जित्ने दुई बिद्यालयलाइ प्रथम र द्वितीय पुरस्कार प्रदान गरिने छ । त्यस्तै अनुशासन तर्फ एक खेलाडी र अति उत्तम खेल्ने छात्र तथा छात्रालाई पनि सम्मान गरिने छ ।