चितवन । भरतपुर महानगरपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा महानगरपालिका स्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । आज ( मंगलबार ) नेपाल शिक्षक संघ भरतपुरको समन्वयमा महानगरले नारायणी नमुमा माध्यमिक बिधालयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।
वक्तृत्वकला प्रतियोगितामा १५ जना विद्यार्थी सहभागी रहेका थिए । सहभागी १४ जना विद्यार्थीलाई पछि पार्दै अन्नपुर्णा माध्यमिक विद्यालय पार्वतिपुरका प्रितम बास्ताकोटी प्रथम,एसओएस हर्मन इङ्ग्लिस बोर्डिङ स्कुलकी छात्रा श्रेया सुवेदी द्धितीय ,अकिंड इङ्ग्लीस बोर्डिङ स्कुलकी छात्रा स्वेता जमरकटेल तृतीय र प्याराडाईज इङ्ग्लिस बोर्डिङ पार्वतिपुरका उत्सव दाहाल सान्त्वना भएका छन् ।
विजेता बास्ताकोटीले ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्धितीय ३ हजार नगद र प्रमाणपत्र प्राप्त , तृतीय २ हजार र १ हजार नगद सहित प्रमाण प्राप्त गरेका छन् ।
महानगरपालिकाले बालदिवसको अवसर पारेर यसअघि कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थी बिच चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो भने,६ देखि ८ सम्मका विद्यार्थी बिच एकल गायत प्रतियोगिता आयोजना गरेको थियो । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रशासकीय अधिकृत भोजराज खतिवडा लगायतको उपस्थिति रहेको थियो ।