दाइजाे प्रथा खराब हाे भन्छ
दाइजाे लिने दिने गर्छ
जातीय, धार्मिक र लैङ्गिक विभेदलाई अपराध भन्छ
घर गाउँमा यस्तै यस्तै विभेद गर्छ
महिनावारी र धर्मकाे नाता छैन, छाउपडी हाेइन भन्छ
सर आज किन ढिलाे भन्दा म्याडम पर सरिन् भन्छ
ऊ शिक्षक हाे !
जनता जनार्दन हुन् भन्छ
राज्यकाेश खर्चेर ढुङ्गाकाे मूर्ति किन्छ
पालिकाभरमा पनि अस्पताल छैन, चाेकैपिच्छे मन्दिर भन्छ
स्कुलकलेजमा पुस्तकालय छैन, टाेलैपिच्छे चर्च बन्छ
कुनै मार्क्सवादी लेनिनवादी त कुनै माओवादी भन्छ
गेरुवा वस्त्र लगाएर भारतीय आहालमा डुबेर माला गन्छ
जनवाद, समाजवाद र साम्यवादकाे प्रवचन दिन्छ
सिंहदरवार छिरेपछि सबै फाइलबाट कमिसन लिन्छ
पावरमा पुगेपछि टावर उठाउँछ
हाइप्रेसर छ रे त्यसैले नून छाेड्याे सुन खान्छ
नेपालीलाई भुटानी बनाएर अम्रिका लान्छ
पक्रन खाेज्ने पुलिसलाई लाेग्ने स्वास्नी मिलेर हान्छ
मृगाैलाले पिसाब छान्छ
ऊ बलियाे भएपछि देशकाे मृगाैला खान्छ
अर्काका छाेराछाेरीलाई सहिद जस्ताे विशाल उपाधि दियाे
आफ्नालाई भने सम्माननीय र माननीय जस्ता पदमात्र लियाे
ऊ नेता हाे !
ऊ प्रजातन्त्रवादी नेता हाे !
ऊ त अझ कम्युनिष्ट नेता हाे !
पार्टी ठेक्कामा दिन्छ
ठेकेदारहरूबाट भेटी लिन्छ
उसकाे विराेध गर्नेलाई ठीक पार्ने तिघ्राहरू किन्छ
ऊ नेता हाे
उनीहरू नेता हुन्
आऊ यिनीहरूलाई घृणा गराैं
आज भ्रष्टाचारीहरू मूर्दावाद भनेकाे राम्राे मान्ने
भाेलि तिनैकाे चुनाव चिन्हमा छाप हान्ने ?
ब्युँझ, बुझ र सङ्गठित हाेऊ
ब्युँझ, बुझ र सङ्गठित हाेऊ
ब्युँझ, बुझ र सङ्गठित हाेऊ
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु