गैंडाकोट । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्मृति पुल नजिक भएको दुर्घटनामा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीय योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीय रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् ।
आज बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र केही घाइतेहरु डिस्चार्ज हुनेक्रममा रहेको डिएसपी गिरीले जानकारी दिनुभयो । । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।
स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो । ट्रक र बस दुबैका चालक घाइते छन् । उनीहरूकाे पनि उपचार भइरहेको उहाँले बताउनुभयो ।अहिले गैँडाकोट प्रहरी, ट्राफिक र सशस्त्र तथा वसका केही कर्मचारीहरुले दुर्घटनाग्रस्त सवारी घटनास्थलबाट प्रहरी कार्यालय लग्ने तयारी गरेकाे डिएसपी गिरीले जानकारी दिनुभयो ।
नयाँ मेडिकल कलेजमा उपचार गराइरहेका घाईतेहरुको विवरण –
१.मोरङ विराटनगर मा.न.पा.–३ बस्ने बर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
२.सोही ठाउँ बस्ने बर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
३.झापा बाहुनडागी बस्ने बर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, सामान्य ।
४.कैलाली बस्ने बर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, सामान्य ।
५. कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं.–१ बस्ने वर्ष ४९ को मोहन कोईराला, पेटमा चोट, सामान्य ।
६. जुम्ला तिला गा.पा.वडा नं.–४ बस्ने बर्ष २६ को चन्द्र नाथ योगी, हात र खुट्टामा चोट, सामान्य ।
७ . सुर्खेत विरेन्द्रनगर नगरपलिका वडा नं.–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, सामान्य ।
८.हुप्सेकोट वडा नं.–३ नवलपुर वस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, सामान्य ।
९. हुप्सेकोट –३ नवलपुर वस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, सामान्य ।
१०पुरानो बेलहानी नवलपुर बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, सामान्य ।
११.बस चालक जि.कन्चनपुर कञ्चनपुर न.पा.–४ बस्ने वर्ष ४२ को लाल विर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम ।
१२.रुपन्देही वस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम ।
१३.सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.–७ वस्ने बर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, मध्यम ।
१४. महोत्तरी बर्दिवास न.पा.वडा नं.–७ बस्ने बर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।
१५.जिल्ला झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
१६.कन्चनपुर झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
१७.ट्रक चालक जिल्ला प्यूठान प्यूठान न.पा.–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।
१८ बर्दिया वाँसगढी न.पा.वडा नं.–८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर ।
१९.सोही ठाउँ बस्ने वर्ष ३३ को टोप बहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर ।
२०. कन्चनपुर बेलपुर ९ बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भिर (रा.अ.कर्मचारी) ।