काठमाडौं । कवि मीनकुमार नवोदितको तेस्रो कवितासङ्ग्रह समयको बयानको शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसलगायत विभिन्न स्रष्टाहरूले लोकार्पण गरेका छन् ।
साहित्यिक पत्रकार संघद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ कवि दिवसले कृतिलाई जत्तिकै स्रष्टालाई पनि सम्मान गर्ने परम्परा विकसित गर्नुपर्ने धारणा राखे ।
उनले कवि नवोदितका कविताहरू सशक्त भएको बताउँदै उनका कवितामा समय र स्थानको प्रतिच्छाया पाइने बताए ।

