चर्चित उपन्यास समरलभमा आधारित फिल्म ‘समर लभ’ बनेको छ । जसमा सायाको भुमिकामा छिन नायिका रेवती क्षेत्री । यहि भुमीकाबाट उनको सामाजिक संजालमा चर्चा चलेको छ । उनी धेरै जस्तो सामाजिक संजालमा संक्रिय रहन्छिन् ।
नायिका रेवती क्षेत्रीले अभिनय गरेको फिल्म ‘समर लभ’ ले चर्चा पायो तर सफलता कमाउन सकेन । यो फिल्ममा उनी सुविन भट्टराईको उपन्यास ‘समर लभ’ की प्रमुख पात्र सायाको भूमिका निभाएकी थिइन् । फिल्ममा उनलाई उपन्यासकी पात्रका रुपमा चित्रण गरिएको थियो ।
नेपाली फिल्म अभिनयमा ‘समर लभ’ उनको डेब्यु फिल्म हो । तर अभिनयमा डेब्यु भने उनले मुम्बईबाट गरेकी हुन् । भारतीय फिल्ममा उनले ‘ग्याङ्ग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता काम गरिसकेकी छन् ।
रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता पनि हुन् । त्यसपछि मोडलिङ सुरु गरेकी उनीसँग त्यहाँको थुप्रै र्याम्प सो र केही विज्ञापन चलचित्रमा काम गरेको अनुभव पनि छ । चर्चित कृतिमा काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताउने रेवती का निकै हट तस्बिर समेत देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा भने रेवती हिट छिन् । उनले शेयर गर्ने बोल्ड तस्वीरले चर्चा कमाउने गर्छ । मोडलिङको दुनियाँमा रमाएकी रेवतीको फिगरको समाजिक संजालमा निकै चर्चा हुनेगर्छ । उनी सामाजिक संजलमा निकै हट तस्बिर शेयर गर्ने गर्छिन जहाँ उनका फ्यानले उनको सुन्दरतको प्रशंसा गरिहेको देख्नसकिन्छ ।
हामीले समाजिक संजालबाट उनका केहि सुन्दर तस्बिर प्रस्तुत गरेका छाैँ ।