भरतपुर। चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
आज बिहान १०:४५ बजे लाईन्सचोकमा दाङबाट जनकपुरतर्फ गई रहेको ना८ख ६२४९ नम्बरको ट्रकले बिपरित दिशाबाट आई रहेको ना३९प २०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक यदुराज पौडेल गम्भिर घाईते भएका थिए ।
घाईते पौडेललाई उपचारको लागि जिल्ला अस्पताल भरतपुर तर्फ ल्याउदा ल्याउदै बाटोमा नै मृत्यु भएको हो। शव भरतपुर अस्पताल भरतपुरमा रहेको र ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । मृत्यु हुने मोटरसाइकल चालक चितवन रत्ननगर न.पा.१० बस्ने बर्ष ३१ को यदुराज पौडेल हुन् ।

