दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शीलामा पुन पसिना आएको छ ।
आज दिउँसो १२ बजेर ४५ मिनेटबाट भीमेश्वरको शीलामा पसिना आउन सुरु भएको हो । भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्रनारायण श्रेष्ठले दिउँसो पौने १ बजेबाट भीमेश्वरको शीलामा पसिना आउन सुरु गरेको र अहिलेसम्म जारी रहेको बताउनुभयो । उहाँका अनुसार भीमेश्वरको शीलाको तल्लो भागको चारैतर्फबाट पसिना आईरहेको हो ।
यसअघि साउन ५ गते भीमेश्वर मन्दिरको शिलामा दुई घण्टा पसिना आएको थियो । भीमेश्वरको शिलामा साउन ५ गते शनिवार दिउँसो १ः ४७ बाट सुरु भएको पसिना ३ः ५१ मा रोकिएको थियोे । मन्दिरको शीलामा ४ दिनपछि पुन पसिना आएको हो ।