गैँडाकोट ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र राष्ट्रिय युवा संघ नेपाल गैँडाकोटले सभामुख अग्निप्रसाद सापकोटाको पुत्ला जलाएका छन् । शनिवार संयुक्त रुपमा कार्यक्रम गरी अग्नि सापकोटाको पुत्ला जलाउँदै उनीहरुले गैँडाकोट नगरपालिका अगाडि चर्को नारावाजी समेत गरेका थिए ।
सभामुख भएर तटस्थ भूमिका निर्वाह गर्न नसकेको र अन्य दलले सांसदको कारवाही गर्न आग्रह गर्दा तुरुन्तै निर्णय दिने तर नेकपा एमालेले कारवाहीको माग गर्दा पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै यी गतिविधि नसच्चिए अझ कडा आन्दोलन गर्ने युवा संघ नवलपुरका अध्यक्ष कृष्ण कडेँलले बताए । कडेँलले यो सांकेतिक आन्दोलन भएको र राखिएका मागहरु पुरा नभए अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिए । काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारको समेत विरोध गरेका उनीहरुले एमसीसी वारे जनतालाई प्रष्ट धारण दिन नसकेको बताए ।
कार्यक्रम यतिका दिनसम्म सरकार विस्तार नगरेको र भारतीय एसएसवीले तुइन काटेर नेपाली नागरिकको मृत्यु हुँदा सम्म कुनै बलियो कदम चाल्न नसकेको भन्दै नारा लगाएका थिए।उनीहरुले जनाएको पुत्ला केही मिनेटमै प्रहरीले नियन्त्रणमा लिएको थियो । कार्यक्रममा नेकपा एमालेका नेता नवराज कडेँल सहित नेता कार्यकर्ताको उपस्थिती रहेको थियो भने सहजीकरण अनेरास्ववीयूका केन्द्रीय सदस्य कमल तिवारीले गरेका थिए ।
गैँडाकोटमा जलाए सभामुख सापकोटाको पुत्ला
गैँडाकोटमा जलाए सभामुख सापकोटाको पुत्ला

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु